SHARE
पर्दाफास · शनिबार २ साउन २०८३ ०१:४२ AM · 1 मिनेट पढाइ

कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पूर्जा छ श्रेस्ता छैन

कैलालीको गोदावरी नगरपालिका–१ विजयपुर शिविरका २२ मुक्तकमैया परिवारले दुई दशकअघि एउटा नयाँ जीवनको सपना देखेका थिए । सरकारले कमैया मुक्तिको घोषणा गरेसँगै आफ्नै घर, आफ्नै जमिन र सम्मानजनक जीवन पाउने उनीहरूको विश्वास थियो । सरकारले उनीहरूलाई जग्गाको लालपुर्जा पनि दियो, तर त्यसको श्रेस्ता कायम भएन ।