एक प्राविधिक समस्याले तीन दिनको मार, स्ट्यान्डर्ड चार्टर्डको एक्सप्रेस चेक क्लियरिङमा सेवाग्राही हैरान
बैंकिङ कारोबारमा केही घण्टाको ढिलाइले पनि ठूलो आर्थिक प्रभाव पार्न सक्छ । तर, काठमाडौंको नयाँ बानेश्वरस्थित स्ट्यान्डर्ड चार्टर्ड बैंकमा एक्सप्रेस चेक क्लियरिङसँग सम्बन्धित प्रणालीगत समस्या देखिँदा सेवाग्राहीले शुक्रबारदेखि आइतबारसम्म सेवा लिन नसकेको गुनासो गरेका छन् ।
