SHARE
पर्दाफास · शनिबार २७ भौ २०८३ ०१:४२ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीमा छोराबुहारी बेपत्ता, घर फर्कने आशामा आमाबुवा

रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुईजना बेपत्ता भएपछि आफन्त घर फर्कने आशमा पर्खिरहेका छन्। भदौ १० गते आएको बाढीमा छोराबुहारी (दीपेन्द्र र फूलमाया तामाङ) सम्पर्कविहीन बनेपछि बारबर्दिया नगरपालिका–१ मुर्गिहवाका आँशुराम थारू र कइरी थारू छोराबुहारी फर्किने आशमा दिनरात बाटो हेरिरहेका छन्। बुवाआमासँग सम्पर्क टुटेपछि उनीहरूका छोराछोरी अहिले मामाको सहारामा काठमाडौँमा छन्।