SHARE
पर्दाफास · शनिबार २७ भौ २०८३ ०३:१४ AM · 1 मिनेट पढाइ

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ८९४ जनालाई कारबाही

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८९४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८१, सिसिटिभिमार्फत ५९, रातोबत्तीमा ६९ जना चालकलाई कारबाही गरिएको छ ।