दाङमा ७७ प्रतिशत रोपाइँ सम्पन्न
काठमाडौं । दाङमा साउनको पहिलो दिनसम्म ७७ प्रतिशत रोपाइँ भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि प्रसार अधिकृत आशा भण्डारीका अनुसार देउखुरी क्षेत्रमा अधिकांश खेतमा रोपाइँ भइसकेको छ । तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, दङ्गीशरण, शान्तिनगर र बबईलगायत पालिकामा रोपाइँ जारी रहेको उनले जानकारी दिए ।
