SHARE
मकालु खबर · शुक्रबार​ १ साउन २०८३ ०३:५१ PM · 1 मिनेट पढाइ

आर्थिक वर्ष २०८३/८४ लाई कानुन सुधार र कानुन निर्माण वर्ष घोषणा

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’का रूपमा घोषणा गरेको छ । यस आर्थिक वर्षमा निर्माण गरिने १६६ विधेयकहरूको सूची संघीय संसद्‌मा बुझाएको मन्त्रालयले कानुन सुधार तथा निर्माणलाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले उक्त घोषणा गरेको हो ।