SHARE
मकालु खबर · शुक्रबार​ १ साउन २०८३ ०१:३१ PM · 1 मिनेट पढाइ

विश्वकप फाइनल हेर्न न्यूयोर्क जाँदै स्पेनका प्रधानमन्त्री सान्चेज

एजेन्सी । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज आफ्नो देशले सन् २०२२ को विश्वकप फुटबल विजेता अर्जेन्टिनासँग हुने विश्वकप फाइनल २०२६ को खेल हेर्न न्यूयोर्क जाने घोषणा गरेका छन् । सरकारले शुक्रबार यो जानकारी दिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि आइतबार न्यू जर्सीमा हुने फाइनल हेर्न जाने योजना रहेको छ ।