SHARE
मकालु खबर · शुक्रबार​ १ साउन २०८३ ०१:५५ PM · 1 मिनेट पढाइ

देशभरका छ वटा राजमार्ग अवरूद्ध

काठमाडौं । निरन्तरको वर्षासँगै आएको बाढीपहिरोका कारण देशभरका छ वटा राजमार्ग अवरूद्ध भएका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको आज साँझसम्मको तथ्याङ्कअनुसार बाढीपहिरो, डुबानलगायत कारणले छ वटा राजमार्ग अवरूद्ध भएका हुन् । बिपी राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेँसीमा सञ्चालन हुने सम्पूर्ण सवारीसाधन आवागमनमा पूर्ण रूपमा रोक लगाइएको नेपाल प्रहरीले जनाएको छ ।