SHARE
मकालु खबर · शुक्रबार​ १ साउन २०८३ ०१:५९ PM · 1 मिनेट पढाइ

युवा ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल

काठमाडौं । श्रम तथा रोजगार मन्त्रालयमा ‘युवा ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथि आज छलफल भएको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा गरिएको छलफलमा राष्ट्रिय युवा परिषद्, नेपाल युथ क्लब, युवा वकालत नेपाललगायत युवाको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।