SHARE
मकालु खबर · शुक्रबार​ १ साउन २०८३ ०२:३५ PM · 1 मिनेट पढाइ

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

काठमाडौं । मुलुकको विभिन्न स्थानबाट लागुऔषधसहित नौ जनालाई पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । कैलालीको टीकापुर नगरपालिका-९ खक्रौलाबाट नियन्त्रित लागुऔषध नाइट्राभेट-५ ट्याब्लेटसहित सोही ठाउँका ३१ वर्षीय दीपक धामीलाई आज इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।