पैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षपछि नयाँ उचाइमा
नेपाली कृषि, ग्रामीण उद्यमशीलता र स्वदेशी उत्पादनको मूल्य अभिवृद्धिलाई आफ्नो मूल अभियान बनाउँदै आएको पैचो पसलले संस्थागत विकासको अर्को महत्वपूर्ण फड्को मारेको छ। आर्थिक वर्ष २०८३।८४ को सुरुवातसँगै कम्पनी पैचो पसल प्रा।लि।बाट ‘पैचो पसल लिमिटेड’मा रूपान्तरण भई औपचारिक रूपमा पब्लिक लिमिटेड कम्पनीका रूपमा सञ्चालनमा आएको छ।
