SHARE
मकालु खबर · शुक्रबार​ १ साउन २०८३ १२:१९ PM · 1 मिनेट पढाइ

सिद्धार्थ बैंकको ‘सिद्धार्थ गोल्ड लोन’ कर्जा योजना सञ्चालनमा

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूको तत्कालको वित्तीय आवश्यकतालाई सहज र सर्वसुलभ रूपमा सम्बोधन गर्ने उद्देश्यका साथ नयाँ कर्जा योजना ‘सिद्धार्थ गोल्ड लोन’ सार्वजनिक गरेको छ । यसअन्तर्गत ग्राहकहरूले आफ्नो सुन तथा सुनका गरगहनाहरू धितो राखी बैंकबाट आवश्यक कर्जा रकम प्राप्त गर्न सक्नेछन् ।