SHARE
मकालु खबर · शुक्रबार​ १ साउन २०८३ १२:२८ PM · 1 मिनेट पढाइ

‘कनेक्ट फर इम्प्याक्ट’ अभियानसहित क्लासिक टेकले मनायो १७औँ वार्षिकोत्सव

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘कनेक्ट फर इम्प्याक्ट’ भन्ने मूल नारासहित आफ्नो १७औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा कम्पनीले गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्नुका साथै, प्रविधिमार्फत शिक्षा, रोजगारी र समावेशी विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ ।