नेपाल लाइफद्वारा १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन, जीवन बीमा इतिहासमै ऐतिहासिक कीर्तिमान
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालको जीवन बीमा इतिहासमै अर्को नयाँ र ऐतिहासिक कीर्तिमान कायम गरेको छ । स्थापनाको २५ वर्ष पूरा गरी रजत वर्ष (सिल्भर जुबिली) मनाउने क्रममा रहेको कम्पनीले पहिलो पटक १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको हो ।
