कुखुराजन्य उत्पादनको खपत बढ्न थाल्यो
काठमाडौं । बर्डफ्लूको प्रभावका कारण घटेको कुखुराजन्य उत्पादनको खपत बढ्न थालेको छ । देशका विभिन्न ठाउँमा बर्डफ्लू देखिएपछि खपत घटेको थियो । यससँगै घटेको मूल्यसमेत बढ्न थालेको छ । बर्डफ्लूका कारण मासुको खपतमा गिरावट आएको थियो । अण्डामा कम प्रभाव परेको भन्दै पूर्ववत् अवस्थामा फर्किन थालेको किसान बताएका छन् ।
