‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा
काठमाडौँ । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ को औपचारिक घोषणा गरिएको छ । काठमाडौंको दिव्यश्वरी टाउन प्लानिङस्थित म्याड्रिक्स रेस्टुरेन्टमा आयोजित विशेष कार्यक्रममा चलचित्रको घोषणा गरिएको हो । कार्यक्रममा चलचित्रका कलाकार तथा प्राविधिक टोलीसँगै नेपाली चलचित्र क्षेत्रका विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
