विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश
काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिइएको छ । सम्पत्ति शुद्धिकरणको कसुरमा पक्राउ परेका पौडेललाई शुक्रबार विशेष अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको हो । विशेष अदालतका सदस्य न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेललाई छाड्न आदेश दिएको हो ।
