SHARE
पर्दाफास · शुक्रबार​ १ साउन २०८३ १२:३९ PM · 1 मिनेट पढाइ

मिटरब्याज पीडित र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ९ बुँदे सहमति भएको छ । पछिल्लोपटक ९ दिनदेखि आन्दोलनरत मिटरब्याज पीडितसँग सरकारले आज सहमति गरेको हो । प्रधानमन्त्री कार्यालयमा करिब ९ घण्टा चलेको वार्तापश्चात सहमतिपत्रमा सरकारी वार्ता टोलीका तर्फबाट सचिव पुष्कर सापकोटा र पीडित पक्षका तर्फबाट अवधेश कुशवाहाले हस्ताक्षर गरेका छन् ।