दसैँ छेकोमा नेपालमा विदेशी सेना आउँछः दुर्गा प्रसाईं
काठमाडौं । व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईंले आगामी दसैँका बेला नेपालमा विदेशी सेना आउने दाबी गरेका छन् । आज काठमाडौंको एभरेस्ट होटलमा सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रसाईंले देश भूराजनीतिको चपेटामा परेको भन्दै आगामी दसैँका बेला नेपालमा विदेशी सेना आउने दाबी गरेका हुन् ।
