SHARE
मकालु खबर · शुक्रबार​ १ साउन २०८३ ११:५७ AM · 1 मिनेट पढाइ

जडीबुटीलाई प्रशोधन गरेर भण्डारण गर्न बाँकेमा कृषि भण्डारण केन्द्र निर्माण

नेपालगञ्ज । किसानद्वारा उत्पादित विभिन्न जडीबुटीलाई प्रशोधन गरेर भण्डारण गर्न बाँकेमा अत्याधुनिक भण्डारण केन्द्र निर्माण गरिएको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिका–२ कचनापुरस्थित जयदुर्गा सामुदायिक वन क्षेत्रमा उक्त भण्डारण केन्द्र निर्माण सम्पन्न भएको जिल्ला वन डिभिजन कार्यालयले जनाएको छ ।