देउवाको स्वास्थ्य अवस्था ठिकठाक, सचिवालयले भन्यो– ‘हात भाँचिएको खबर असत्य’
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वास्थ्य अवस्था ठिकठाक रहेको उनको सचिवालयले जनाएको छ । उपचारका क्रममा सिंगापुर हुँदै हङकङ पुगेका देउवाको लडेर हात भाँचिएको भन्दै समाचार बाहिरिएपछि सचिवालयले स्पष्ट पारेको हो । ‘हात भाँचिएको’ भन्दै बाहिरिएको खबर पूर्ण रुपमा असत्य रहेको देउवाको सचिवालयले जनाएको छ ।
