मिटरब्याज पीडित र सरकारबिच निर्णायक वार्ता जारी
काठमाडौं । आन्दोलनरत मिटरब्याज पीडितका प्रतिनिधि र सरकारी वार्ता टोलीबिचको वार्ता जारी छ । पीडित पक्षका मागमा सहमति जुटाएर सम्झौता पत्रमा हस्ताक्षर गर्ने गरी वार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
