नयाँ आर्थिक वर्षलाई शेयर बजारको स्वागत, ७९ अंकको वृद्धि हुँदा साढे ४ अर्ब बढीको कारोबार
काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३–०८४ को पहिलो दिन शुक्रबार शेयर बजार मापक नेप्सेमा भारी वृद्धि भएको छ । केही समयदेखि शिथिल बनेको शेयर बजार साताको अन्तिम कारोबार दिन र नयाँ आवको शुरु दिन दोहोरो अंकले वृद्धि भएको हो ।
