मास्टर्नी गीतप्रति शिक्षक महासङ्घको आपत्ति, तत्काल रोक्न माग
नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेदेखि प्रदर्शनमा आउने भनिएको नेपाली चलचित्र ‘मास्टर्नी’ को प्रचार सामग्रीका रूपमा सार्वजनिक गरिएको गीतप्रति गम्भीर आपत्ति जनाएको छ । महासङ्घले शुक्रबार जारी गरेको विज्ञप्तिमा उक्त गीतमा महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव समेटिएको भन्दै यसले शिक्षक तथा शिक्षण पेसाको गरिमामा आघात पुर्याएको उल्लेख गरेको छ ।
