SHARE
मकालु खबर · शुक्रबार​ १ साउन २०८३ ०९:३६ AM · 1 मिनेट पढाइ

राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि छलफल: स्वायत्तता, समावेशिता र संरचनागत सुधारमा सांसदहरूको जोड

काठमाडौँ । संघीय संसदको अर्थ समितिमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि प्रारम्भिक छलफल भएको छ । बैठकमा सांसदहरूले केन्द्रीय बैंकको स्वायत्तता, सञ्चालक समितिको संरचना र वित्तीय क्षेत्रको समसामयिक सुधारका विषयमा आफ्ना धारणा राखेका छन् ।