SHARE
मकालु खबर · शुक्रबार​ १ साउन २०८३ ०९:५४ AM · 1 मिनेट पढाइ

नेप्से परिसूचक ७९.७४ अङ्कले बढ्यो

काठमाडौँ । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढेर दुई हजार ६७७ दशमलव ५४ मा पुगेको छ ।