SHARE
मकालु खबर · शुक्रबार​ १ साउन २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

उपत्यका डुबानः मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौँ । अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र सामान्य वर्षामा पनि डुबानमा पर्ने क्रम रोकिएको छैन । बिहीबार मध्याह्नको वर्षापछि सो क्षेत्र जलमग्न हुँदा सवारी आवागमन प्रभावित बन्यो । यात्रुले लामो समय ट्राफिक अवरोधका कारण सास्ती व्यहोर्नुपर्यो । यसप्रकारका समस्या बर्सेनि दोहोरिने गरेको भए पनि दीर्घकालीन समाधान हुनसकेको छैन ।