लैनचौरको गाउँबेसी थकालीसहित ५ स्थानमा अनुगमन, कैफियत भेटिएपछि कारबाही
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न खाद्य व्यवसायहरुमा खानेकुरामा कैफियत भेटिएको गुनासोपछि कारबाही गरिएको छ । उपभोक्ताको गुनासोका आधारमा खाद्य प्रविधि तथा गुण निणन्त्रण विभागले गत असार ३० गते ती स्थानहरुमा निरीक्षण गरेको थियो । सो क्रममा काठमाडौंको लैनचौरमा रहेको गाउँबेसी थकालीसहित ५ वटा होटल तथा रेष्टुरेन्टरलाई कारबाही गरिएको विभागले जनाएको छ ।
