अमेरिका-इरान वार्ता पुनः सुरु गर्न चीन-पाकिस्तानको आग्रह
एजेन्सी । हर्मुज जलघाँटीमा पुनः युद्ध चर्किएसँगै चीन र पाकिस्तानले अमेरिका तथा इरानलाई तत्काल शत्रुता अन्त्य गरी वार्ता पुनः सुरु गर्न संयुक्त आह्वान गरेका छन् । दुवै देशले पछिल्ला महिनादेखि मध्यपूर्व सङ्कट समाधानका लागि मध्यस्थताको प्रयास गरिरहेका छन् ।
