बागमतीमा मन्त्रालयको संख्या घटाइयो, ६ जना बिना विभागीय मन्त्री
काठमाडौं । शुक्रबारबाट बागमती प्रदेशमा मन्त्रालयको संख्या ८ बनाइएसँगै मन्त्रीहरुको जिम्मेवारी समेत हेरफेर गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपक देवकोटाले मन्त्रीहरु कार्य विभाजनसहित हेरफेर गरेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री बानियाँको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले मन्त्रिपरिषदको कार्य विभाजन गरेका हुन् ।
