जापानमा साम्राज्ञी बन्ने बाटो अझै बन्द
टोकियो । जापानको संसद्ले शाही उत्तराधिकारसम्बन्धी कानुनमा संशोधन पारित गरे पनि महिलालाई सम्राट बन्न नदिने व्यवस्था यथावत् राखेको छ । अधिकांश जापानी नागरिकले महिला उत्तराधिकारको समर्थन गरे पनि संसद्ले पुरुष वंशमार्फत मात्रै सिंहासन हस्तान्तरण हुने पुरानै व्यवस्था कायम राखेको हो ।
