सांसदहरुलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन
काठमाडौं । संघीय संसद सचिवालयले सांसदहरुको सम्पत्ति विवरण माग गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै सचिवालयले आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण बुझाउन भनेको हो । सांसदहरुको आफ्नो वा परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरणलाई खामबन्दी गरी विवरण बुझाउन भनिएको हो ।
