काँकडभिट्टा-लौकही सडक विस्तारमा विद्युतीय पोल वाधक: २९ महिनादेखि हटेन अवरोध
काठमाडौँ । एशियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा निर्माणाधीन काकडभिट्टा–लौकही सडक विस्तार आयोजनामा विद्युतीय पोल स्थानान्तरण नहुँदा निर्माण कार्य प्रभावित भएको छ । ठेक्का सम्झौता भई काम सुरु भएको २९ महिना बितिसक्दा पनि सडक क्षेत्रमा रहेका पोलहरू नहटाइँदा आयोजनाले लक्ष्यअनुसार भौतिक प्रगति हासिल हुन नसकेको हो ।
