SHARE
मकालु खबर · शुक्रबार​ १ साउन २०८३ ०६:०९ AM · 1 मिनेट पढाइ

हरित बैंकिङ पद्धति प्रवर्द्धनका लागि कुमारी बैंक र मिनर्जी इनिसिएटिभ्सबीच साझेदारी

काठमाडौँ । कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि मिनर्जी इनिसिएटिभ्ससँग रणनीतिक परियोजनासम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख लगानी तथा बजार व्यवस्थापन अधिकृत चन्दन कार्की र मिनर्जी इनिसिएटिभ्सका अध्यक्ष श्याम सुन्दर श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।