SHARE
मकालु खबर · शुक्रबार​ १ साउन २०८३ ०५:०७ AM · 1 मिनेट पढाइ

पूर्वाधार विकासका लागि वैकल्पिक वित्तीय स्रोत परिचालन आवश्यकः सांसद अधिकारी

काठमाडाैं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले नेपालको पूर्वाधार विकासका लागि परम्परागत सरकारी बजेट मात्र पर्याप्त नभएकाले वैकल्पिक वित्तीय स्रोतको परिचालनमा जोड दिनुपर्ने बताएकी छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित ‘विद्युतीय पूर्वाधार निर्माणका चुनौती र अबको बाटो’ विषयक कार्यक्रममा बोल्दै सांसद अधिकारीले यस्तो बताएकी हुन् ।