प्रधानमन्त्री शाहले केहीबेरमा जुत्ता उत्पादक संघका पदाधिकारी तथा प्रतिनिधिसँग विशेष छलफल गर्दै
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज बिहान साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जुत्ता उत्पादक संघका पदाधिकारी तथा प्रतिनिधिसँग विशेष छलफल गर्ने भएका छन् । छलफलमा संघका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, सचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम, कार्यसमिति सदस्य सरोज भट्टराई र प्रतिनिधि विदुषी राणाको सहभागिता रहनेछ ।
