SHARE
पर्दाफास · शुक्रबार​ १ साउन २०८३ ०४:३० AM · 1 मिनेट पढाइ

ऊर्जा सहकार्यमा नयाँ उपलब्धिको नेपाल–भारत उद्योग वाणिज्य संघद्वारा स्वागत

नेपाल–भारत उद्योग वाणिज्य संघले नेपाल–भारत ऊर्जा क्षेत्रसम्बन्धी संयुक्त निर्देशक समिति (जेएससी) को १३औँ बैठकबाट भएका निर्णयलाई स्वागत गर्दै सीमापार विद्युत् प्रसारण क्षमता विस्तारले दुई देशबीचको ऊर्जा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने जनाएको छ ।