SHARE
पर्दाफास · शुक्रबार​ १ साउन २०८३ ०४:५९ AM · 1 मिनेट पढाइ

साउने संक्रान्तिका अवसरमा पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

साउने संक्रान्तिको अवसरमा आज बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। शुक्रबार साउन महिनाको पहिलो दिन भगवान शिवको पूजा–आराधना गर्न र मन्दिर दर्शनका लागि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानबाट श्रद्धालुहरू पशुपतिनाथ पुगेका छन्। साउन महिना भगवान शिवको प्रिय महिना मानिने भएकाले मन्दिरमा भक्तजनको चाप बढेको हो।