ऊर्जा व्यापारमा सरकारको प्राथमिकताः आगामी १० वर्षभित्र प्रतिव्यक्ति खपत १५ सय युनिट पुर्याउने लक्ष्य
काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री विराजभक्त श्रेष्ठले अबको प्राथमिकता विद्युत उत्पादनसँगै दिगो आपूर्ति र वितरणमा केन्द्रित हुनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) द्वारा आयोजित ‘विद्युतीय पूर्वाधार निर्माणका चुनौती र अबको बाटो’ विषयक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न पूर्वाधार विकास अपरिहार्य रहेको उल्लेख गरेका हुन् ।
