इजिप्टको वार्षिक माछा उत्पादन २० लाख टन नाघ्यो
एजेन्सी । इजिप्टले खाद्य सुरक्षा सुदृढ गर्ने प्रयास स्वरूप वार्षिक माछा उत्पादनमा उल्लेख्य वृद्धि गर्दै २० लाख टनको सीमा नाघेको छ । इजिप्टको मन्त्रिपरिषद् अन्तर्गतको सूचना तथा निर्णय समर्थन केन्द्रले जारी गरेको विज्ञप्तिमा यसको जानकारी दिइएको हो । विज्ञप्तिकाअनुसार एक दशकअघि करिव १५ लाख टन रहेको उत्पादनमा अहिले ठूलो सुधार देखिएको छ ।
