SHARE
मकालु खबर · शुक्रबार​ १ साउन २०८३ ०३:५५ AM · 1 मिनेट पढाइ

इरानमाथि अमेरिकाको पुनः सैन्य आक्रमण, छैटौँ रातसम्म कारबाही जारी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले बिहीवार इरानमाथि पुनः अर्को चरणको सैन्य आक्रमण गरेको छ । अमेरिकी सेन्ट्रल कमाण्डले एक विज्ञप्ति जारी गर्दै उक्त सैन्य कारबाहीको पुष्टि गरेको हो । सेन्ट्रल कमाण्डकाअनुसार इरानी सैन्य क्षमतालाई थप कमजोर बनाउने उद्देश्यले स्थानीय समयअनुसार बिहीवार दिउँसो २ बजेदेखि अमेरिकी सेनाले नयाँ चरणको आक्रमण शुरु गरेको हो ।