आजबाट महँगियो शिक्षा, स्वास्थ्य उपचार र विद्युत्
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३–०८४ को बजेटमा गरेको व्यवस्थाअनुसार १ साउन (आज)बाट कर प्रणालीमा हेरफेर भएको छ । सरकारले उद्योगलाई प्रतिस्पर्धी बनाउन थुप्रै कच्चा पदार्थमा भन्सार घटाएको छ भने ३६० प्रकारका वस्तुबाट अन्तःशुल्क हटाएको छ ।
