SHARE
मकालु खबर · शुक्रबार​ १ साउन २०८३ ०२:१५ AM · 1 मिनेट पढाइ

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

महेन्द्रनगर । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएको छ । समयमै पानी नपरेपछि खेत चिरा पर्न थालेका छन् भने सिँचाइ सुविधा नभएका क्षेत्रका किसान धान रोप्न नपाएर चिन्तित बनेका छन् । असारको अन्त्यसम्म पनि पर्याप्त वर्षा नहुँदा अधिकांश किसानले तयार पारेको धानको बेर्ना खेतमै पहेँलिन थालेको छ ।