SHARE
मकालु खबर · शुक्रबार​ १ साउन २०८३ ०१:०८ AM · 1 मिनेट पढाइ

रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो

रसुवा । रसुवाको उच्च हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन भएको बर्खे आलु बजारमा पुग्न थालेको छ । असारको अन्तिम सातादेखि आलु खन्न सुरु भएसँगै व्यापारीहरू किसानको घरघरमै पुगेर आलु खरिद गर्न थालेका छन् । आलु उत्पादक किसान योपासाङ थोक्रा तामाङका अनुसार किसानले प्रतिपाथी रु १२० का दरले आलु बिक्री गरिरहेका छन् ।