SHARE
मकालु खबर · बिहीबार ३२ असार २०८३ ०४:२४ PM · 1 मिनेट पढाइ

पोखरा बसपार्कका सुकुमवासीको व्यवस्थापन प्रक्रिया अघि बढ्यो

काठमाडौं । पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रश्तावित बसपार्क क्षेत्रभित्रका व्यापारिक संरचना हटाएपछि महानगरले सुकुमवासीको व्यवस्थापन प्रक्रियालाई अघि बढाएको छ । महानगरले बसपार्कभित्र निर्माण भएको बास्तोला कम्प्लेक्स तथा अन्य व्यापारिक सटर गरी ५०० भन्दाबढी संरचना खाली गरेपछि अहिले सुकुमवासीको वैकिल्पक व्यवस्थापन कार्य सुरु गरेको हो । बसपार्कको जग्गा अतिक्रमण गरी ५७२ परिवार बसोबास गर्दै आएका छन् ।