पूर्वअर्थमन्त्री पौडेलसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेललगायत १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आज पौडेलसहित छ जना र १० वटा कम्पनीविरुद्ध मुद्दा दायर गरेको हो ।
