SHARE
लोक पथ · बिहीबार ३२ असार २०८३ ०१:५० PM · 1 मिनेट पढाइ

२० करोड ९० लाख बिगो माग दाबीसहित विष्णु पौडेलविरुद्ध मुद्दा दायर

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध २० करोड बढी बिगो कायम गरी मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धिकरणको अभियोगमा पक्राउ परेका पौडेलविरुद्ध २० करोड ९० लाख बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।