सर्वोच्चको आदेशपछि थुनामुक्त भए लक्ष्मी महतो कोइरी
काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व सांसद लक्ष्मी महतो कोइरी थुनामुक्त भएका छन् । सर्वोच्च अदालतको आदेशपछि महतो आजै थुनामुक्त भएका हुन् । थुनामा रहेका महतोलाई थुनामुक्त गर्न परेको बन्दीप्रत्येक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले सो आदेश दिएको हो ।
