SHARE
मकालु खबर · बिहीबार ३२ असार २०८३ ११:१७ AM · 1 मिनेट पढाइ

राष्ट्रपतिसँग फ्रान्सका राजदूतको बिदाइ भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले आज राष्ट्रपति भवनमा शिष्टाचार बिदाइ भेट गरेका छन् । त्यस अवसरमा नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा चासोका विषयमा कुराकानी भएको थियो ।