चोरी भएको तलेजु भवानीको ऐतिहासिक गहना फिर्ता गराउन कूटनीतिक पहल
काठमाडौं । तलेजु भवानीको चोरी भएको १४औँ शताब्दी पुराना ऐतिहासिक गहना फिर्ता गराउन अमेरिकी सरकारका प्रतिनिधिसँग कूटनीतिक पहल सुरु भएको छ । काठमाडौं महानगरपालिकाका कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोलले नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमबीच शिष्टाचार भेटका क्रममा गहना फिर्ता ल्याउन पहल सुरु गरेकी हुन् ।
